काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न आज जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका हुन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको उक्त दुई पक्षबीचको भेटवार्तामा आपसी सहकार्य जारी…