काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतलाई समाभुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव राखेका छन् । सिंहदरवारमा जारी संसदीय दलको बैठकमा नेता बस्नेतले एमाले विभाजनमा सभामुख सापकोटाले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई महाअभियोगसम्म लगाउनुपर्ने बताएका हुन् । ‘संसद बैठक सहज रुपमा सुचारु हुन दिनुहुँदैन । सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । १४ सांसदलाई…