काठमाण्डु – संसद सचिवालयले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठक बुधबार ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने संसद सचिवालयले जनाएको छ । संघीय संसदको नवौँ अधिवेशनको कार्यसूची अनुसार राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढ्ने, गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८’ पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्मका…