काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएकाले त्यसअगावै संसदीय दलको बैठक डाकिएको हो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा…