काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि आगामी वैशाख १७ र २७ गतेको निर्वाचन पनि स्थगित भएको छ । निर्वाचन आयोगले चुनावी प्रक्रिया अगाडि बढाइरहेका बेला अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि निर्वाचन प्रक्रिया पनि स्थगित भएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले काठमाण्डुपाटीसँग कुरा गर्दै संसद ब्यूँतिएपछि निर्वाचन गर्ने कुरै नरहेको स्पष्ट पारेका छन्…