काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे संविधानविद्हरुसँग छलफल गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सभामुख सापकोटाले कानून तथा संविधानविद्हरुसँग परामर्श लिन लागेको उनको सचिवालयले जनाएको छ । उनले प्रतिनिधि सभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनको विषयमा परामर्श लिन संविधानविद्, कानुनी एवं…