काठमाण्डु – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेविरुद्ध अविश्वासको प्रस्ताव भएपछि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ अनुसार साउन २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाइएको…