ओली नेतृत्वको युवा संघले दिपशिखालाई संयोजकबाट हटायो

काठमाण्डु – केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निष्काशन गरेको छ । ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा आइतबारबाट शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दिपशिखालाई संयोजकबाट निष्काशन गर्ने निर्णय गरेको हो । सहसंयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्काशन गर्ने प्रस्ताव बैठकमा राखेका…