काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट दर्ता भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा आइतबार नै दायर भएको रिट सोमबार दर्ता भएको हो । उक्त रिटमाथिको सुनुवाई मंगलबार हुनेछ । प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने वा नपर्ने भन्ने विषयको टुंगो भोली लाग्नेछ ।…