काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका ३ जना सांसदलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पुगेको छ । जसपाले प्रदेशसभा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीबाट निश्कासन गरेको पत्र सचिवालयमा पुगेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए । पार्टीको निर्णयविपरित प्रदेश सरकारमा सहभागी भएपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण…