जसपामा मन्त्री छान्ने जिम्मा बाबुराम, उपेन्द्र र अशोकलाई दिइयो

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन पार्टीका तीन नेतालाई जिम्मेवारी दिएको छ । बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी बैठकले मन्त्री टुंगो लगाउने जिम्मा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो । जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने यसअघि…