अर्थमन्त्री शर्मा र अमेरिकी राजदुतबीच भेटवार्ता, थप खाेप सहयाेग गर्ने अमेरिकाकाे प्रतिवद्धता

काठमाण्डु- नेपालका लागि अमेरिकी राजदुत यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटवार्तामा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका हुन् । उनले कोरोना भाइरस विरूद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी…