पुनःस्थापनापछि पहिलाेपटक संसद बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाण्डु – सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया आजै सुरु हुने बताएका छन् । आइतबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया आजै सुरु हुने बताएका हुन् । त्यस्तै आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, पूर्वसंविधानसभाका केही सांसदहरुको निधनमा शोक प्रस्ताव…