प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुटे तीन दल

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बताएपछि विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनधारी तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सोमबार दिउँसो ४ बजे छलफल हुन लागेको हो । बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव, सरकार निर्माण, लुम्बिनी प्रदेशमा भएको पछिल्लो घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ…