शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ।