काठमाण्डु– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट आजै आदेश आउने सम्भावना छ । न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस सकिएपछि आदेश आउन लागेको हो । यसअघि बिहीबार रिट निवेदकको पक्षबाट बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार र शुक्रबार देउवाको तर्फका कानून व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको…