विराटनगर – राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशको खुलातर्फ कांग्रेस उम्मेदवार थापाले मात्रै उम्मेदवारी दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । बुधबार उम्मेदवारी दर्ताको कार्य भएकाले उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा पुस २७ गते हुनेछ ।