एमाले सम्बद्ध युवा संघको ‘मार्चपास’ स्थगित

काठमाण्डु – नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको ‘मार्चपास’ स्थगित भएको छ । एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि शनिबारको सडक प्रदर्शन अचानक स्थगित भएको हो । अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएकोमा पार्टीको निर्देशनपछि स्थगित भएको…