सरकारी योजना खरिदबिक्री आरोपमा जनमत पार्टीको यस्तो निष्कर्ष

जनकपुरधाम – मधेश प्रदेश सरकारमा योजना खरिदबिक्री हुने गरेको आरोप निराधार रहेको जनमत पार्टीको संसदीय दलले निष्कर्ष निकालेको छ । शुक्रबार जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले मधेश प्रदेश सभामा योजना खरिद बिक्रीबारे लगाइएको आरोप निराधार भएको निष्कर्ष निकालेको छ । गत चैत २७ गते प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले सरकारमा योजनाहरू खरिदबिक्री…