काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल गठन गरेका छन् । आइतबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेलगत्तै पोखरेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई शपथ ग्रहण गराएका छन् । चौधरी यसअघि सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधारमन्त्री थिए ।…