लुम्बिनी प्रदेशमा चार जना सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाट निस्काशन गरेपछि जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बावुराम भट्टराईले बहुमतको आधारमा चारै जनालाई पार्टीको अनुशासन नमानेको भन्दै पदमुक्त गर्ने निर्णय गरेपछि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो उक्त निर्णय अवैधानिक भएको भन्दै…