काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक रुपमा संसद विघटन गरेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय…