ओली–प्रचण्डको भेटमा बामदेवको इन्ट्री

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भवतः पहिलो पटक प्रचण्डलाई भेट्‍न उनकै निवास पुगेका हुन् । त्यसैगरी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम…