काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २९ गते भएको कांग्रेसको देशव्यापी प्रर्दशनलाई लिएर असन्तुष्टी जनाएका छन् । मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री अोलीले सरकारमाथि लगाइएका आरोपको खण्डन गरेका छन् । उनले देउवालाई ‘संविधानअनुसार चलेको सरकारलाई अभिनायकवादी भयो भन्ने ?’ भन्दै प्रश्न गरेका थिए ।…