पाँच पूर्वप्रधानमन्त्रीको निष्कर्षः प्रधानमन्त्रीको गतिविधिले आन्तरिक राजनीतिमा वाह्य हस्तक्षेप बढ्यो

काठमाण्डु - पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिवधिका कारण नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको हस्तक्षेत्र बढेको निष्कर्ष निकालेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमहरुको विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीका अलोकतान्त्रिक कदमका कारण नेपालको आन्तरिक राजनीतिमा वाह्य हस्तक्षेप बढेको बताएका हुन्…