काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठसँग करिब डेढ घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका हुन्। भेटमा जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत…