काठमाण्डु – सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन ताड्न आह्वान गरेको छ । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदस्प कुमार ज्ञवालीले अनसन तोडेर कोरोनाविरुद्धको अभियानमा लाग्न आग्रह गरेका छन् । ‘देश यत्रो संकटमा छ । कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं । एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी जोगाउन…