गण्डकीका सांसद खिमविक्रम शाही डिस्चार्ज

कास्की – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभाका सांसद खिमविक्रम शाही अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखराको चरक अस्पतालको आईसियूमा उपचारतर उनको स्वास्थ्यमा सुधार भएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । सांसद शाही गत वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने दिन सम्पर्कविहीन भएका थिए । उनले आफू बेहोस भएर अस्पताल भर्ना हुनुपरेको बताएका…