काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् । आजको बैठकमा कोरोना भाइरलगायत महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जानकारी दियो । सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।