काठमाण्डु – कवाड व्यवसायी संघर्ष समितिले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’विरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार काठमाण्डुका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेकाले…