काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन तयार भएका थिए । आजको बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तीको सिफारिस, पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय…