काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत मेनलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल सम्पूर्ण रुपमा कोभिड–१९ विरुद्ध केन्द्रीत…