काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार पर्यटन मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम(एसएमटी) बैठकमा बोल्दै मन्त्री भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई हटाउने बताएका हुन् । ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई…