काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका हुन् । श्रोतका अनुसार प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेकपा माओवादीबाट हटाएर ‘नेपाली कम्युनिस्ट…