काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् । मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँग बोल्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना नरहेको बताएका हुन् । उनले आफ्नो सांसद पदबारे भने सोचेर निर्णय लिने बताए । ‘हामी छलफलमा छौँ…