प्रचण्ड समूहबाट अन्यायमा परेका पूर्व लडाकूलाई बालुवाटारमा रेड कार्पेट, प्रधानमन्त्रीले के भने ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकूहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बालुवाटारमा आफूलाई भेटन् पुगेको पूर्वलडाकूहरुको समूहलाई प्रधानमन्त्री अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्डले जस्तो धोका नदिने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । प्रचण्ड समूहबाट पटक–पटक अपमान सहँदै आएका पूर्व लडाकुहरुलाई बालुवाटारले आज ‘रेड कार्पेट’ले स्वागत गर्ने निर्णय गरेको हो…