काठमाण्डुमा प्रचण्ड–माधव नेपालको शक्ति प्रर्दशन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज काठमाण्डुमा शक्ति प्रर्दशन गर्दैछ । काठमाण्डुका विभिन्न स्थानबाट हुने प्रर्दशन व्यवस्थित बनाउन पार्टीले निर्देशिका नै बनाएको छ । संसद विघटनको विरोधमा आज हुने उक्त प्रर्दशनमा प्रत्येक प्रदेश जिल्ला, एवं मोर्चा, संगठनहरुले विरोध प्रर्दशन एवं सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थित हुन…