सेनाको ब्यारेकभित्र वैठक राखिएको भन्दै विरोध भएपछि सिसिएमसीको वैठक सिंहदरवारमा बस्यो

काठमाडौं– सैनिक ब्यारेकभित्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय राखेको भन्दै विरोध भएपछि त्यसको पहिलो वैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सिसिएमसीको बैठक यो समाचार तयार पार्दासम्म जारी छ । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीमा सुरुमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपुर्ति…