काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले सुम्पिएको प्रधानमन्त्री पद कसैले छाड् भन्दैमा छाड्ने विषय नभएको बताएका छन् । आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद कसैले दिएको दान नभएर जनताले मनोनित गरेर पठाएकाले स्थिरता नचाहने शक्ति कसैलाई प्रधानमन्त्री पद दिन या छाड्न नसकिने बताए । ‘कमण्डलु थापेपछि पाइने चीज हो र प्रधानमन्त्री पद…