प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, रोष्टममा बसेर सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसदमा उभिएर बोल्दा समस्या देखा परेको छ । मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई स्वास्थ्य अवस्थाका कारण उठेर बोल्दा समस्या भएको बताए । उनले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ। उनले शल्यक्रियाका कारण…