काठमाण्डु – नेकपाको प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र बुझाउने भएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको हो । देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संविधानको पुस्तकका साथ प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक सच्याउन अनुरोध गरिने नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ । यस्तै प्रचण्ड–नेपाल…