काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको ठहर गरेका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संविधान आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका छन् । ‘प्रतिनिधिसभा विघटनले देशको संवैधानिक पद्धतिको…