काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका विषयमा परेको रिटमाथिको बहस सकिएको छ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ सकिएको निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले…