काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३…