प्रदेश प्रमुख पदमुक्त भएपछि प्रचण्डको प्रतिक्रियाः संविधानको हुर्मत लिने काम भयो

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त गरेको भन्दै सरकारको विरोध गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकी थिइन् । अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखलाई पदमुक्त गर्नु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन्…