काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई लागेको रोगको उपचार गर्ने डाक्टर जनता भएको बताएका छन् । तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन । हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने…