प्रधानमन्त्रीसँग देउवाले भनेः सांसद अपहरण गर्नेलाई कारबाही गर्नूस्

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ । भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गरेको काँग्रेसका मुख्यसचिव…