काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अगाडि बढ्न सुझाव दिएका छन् । मंगलबार स्थायी कमिटी बैठक स्थगित भएपछि नेता पौडेलले कार्यकर्ताको मनोभावना बुझेर अगाडि बढ्न सुझाव दिएका हुन् । त्यस्तै उनले पार्टी एकतालाई जोगाउनु मुख्य जिम्मेवारी रहेको बताएका छन् ।…