काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका २५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले संकटमा परेका नेपालीलाई उद्धारको तयारी भइरहेको बताए । सरकारले विदेशमा संकटमा रहेका नेपालीहरूको तथ्यांक संकलन गर्ने र स्वदेश आउन चाहनेलाई सहज रूपमा ल्याउने गरी…