काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको राप्रपाका तीन अध्यक्षहरुको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपा अध्यक्षहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच मंगलबार बुढानिलकण्ठमा बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने निर्णय गरेको छ । अध्यक्ष…